You are viewing the translated version of जीवनाशक विषादीको प्रयोगमा प्रतिबन्ध.

Rule 22
जीवनाशक विषादीको प्रयोगमा प्रतिबन्ध
(१) ऐनको दफा २२ बमोजिमको अवस्थाको अतिरिक्त केन्द्रले देहायको अवस्थामा कुनै जीवनाशक विषादीलाई प्रतिबन्ध लगाउन समिति समक्ष सिफारिस गर्न सक्नेछ: -

(क) नियम ८ बमोजिम पञ्जीकरण खारेज भएको जीवनाशक विषादी,

(ख) प्रदेश जीवनाशक विषादी व्यवस्थापन समितिले प्रतिबन्ध लगाउन सिफारिस गरेको जीवनाशक विषादी, वा

(ग) केन्द्रद्वारा अनुगमन तथा निरीक्षण गर्दा वा प्रयोगशालाबाट : परीक्षण गर्दा मानव, जीवजन्तुको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने देखिएको जीवनाशक विषादी ।

(२) उपनियम (१) बमोजिम केन्द्रले कुनै जीवनाशक विषादीलाई प्रतिबन्ध लगाउँदा कुनै बालीनाली वा रोगकिरा वा क्षेत्र विशेषमा प्रयोग गर्न सकिने सर्त राखेर प्रतिबन्ध लगाउन सिफारिस गर्न सक्नेछ।

(३) उपनियम (१) बमोजिम केन्द्रबाट प्रतिबन्ध लगाउन सिफारिस ८ गरिएका जीवनाशक विषादीलाई आवश्यकताको आधारमा सर्त रहित वा सर्त सहित समितिले ऐनको दफा २२ बमोजिम प्रतिबन्ध लगाउन सक्नेछ।